विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : हतियार बोकेर लुरुलुरु आए हुन्छ , नबुझाए कसरी हतियार खोस्ने सरकारलाई थाहा छ

काठमाडौं , चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपालाई तुरुन्त हतियार बुझाउन चेतावनी दिएका छन्। चालू अधिवेशन सकिनुअघि आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझए समस्या उत्पन्न हुने समेत चेतावनी दिएका हुन्।

आइतबार संसद बैठकमा बोल्दै उनले सरकारले धेरै पटक आग्रह गर्दा पनि निर्वाचन हुन नदिने, बम पड्काउने, निर्दोष मान्छे मार्ने, कहि अङ्गभङ्ग गर्ने काम भएको बताए ।

ुहतियार बुझाउन समय दिइएको छ, यो समयभित्र हतियार बोकेर लुरुलुरु आए हुन्छ, हतियार बुझाए हुन्छ। यदि समय नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ। सरकारले भने अनुरुप हतियार बुझाएर संविधान र कानून अनुरुप छुट हुन्छु प्रधानमन्त्री ओलीले भने,ुविकास निर्माणतर्फ अगाडि बढ्यौं अब विकास निर्माणमा बाधा पुर्‍याउने काम सह्य हुँदैन।

उनले भने– ‘कहि मान्छे मार्ने प्रयास गरिएको छ । चन्दाका नाममा मान्छे धम्क्याउने काम भएको छ । जुन कहि दर्ता भएको छैन । जसको कतै ठेगाना छैन । त्यस समूहका क्रियाकलाप अपराधिक छन् । तिनीहरुलाई विध्वंश मच्चाउन पाइँदैन भनेर निषेध गर्यो । कतिपयलाई हनहनी ज्वरो आयो ।’

प्रतिक्रिया दिनुहोस्