राष्ट्रिय मानव अधिकार आयोगले भन्यो– कुप्रथाको अन्त्य गर्न मिलेर काम गर्नुहोस्

काठमाडौं, चैत ८ । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडीजस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउन ढिलाई नहुने पनि स्पष्ट पारे ।

शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच ‘छाउपडीसम्बन्धि राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक गर्दे उन जन चेतनाको माध्यामबाट छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

छाउपडीले महिलाहरुको ज्यानै ज्यान थालेपछि आयोगले सो सम्बन्धमा जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै आएको अध्यक्ष शर्माको भनाइ छ ।

अध्यक्ष शर्माले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले चासो दिएर अभियान संचालन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले सो कुप्रथा अन्त्यका लागि पीडित पक्षलाई पनि जागरुक बन्न सचेत समेत गराए।

प्रतिक्रिया दिनुहोस्