सडक समस्याबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण : खाल्टाखुल्टी कहिले टालिन्छ भनी प्रश्न

काठमाडौँ चैत ८ । राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको ल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गरे।


सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरिन । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत्लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराईन ।

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरे । उनले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्नसमेत माग गरे ।

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटौंडालगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने मागगरे ।

प्रतिक्रिया दिनुहोस्