यस्तो देखियो होलीको रौनक (फोटोफिचर सहित)
काठमाडौं, चैत ६ । । सिंगै देश यतिबेला फागु पूर्णिमाको रौनकमा रमारिरहेको छ । बुधबार काठमाडौंका विभिन्न भाग घुम्दा होली पर्वको उत्कर्ष निकै ठुलो जमातका साथ देखिएको छ ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको बसन्तपूरमा अथाह भिड जम्मा भएर फागु पूर्णिमा मनाईएको छ । भीडमा अधिकांश युवा युवतीहरु रहेका थिए ।
धेरैले एकैनासको टिसर्ट लगाएका थिए भने कतिपयले अनुहार पेन्ट गरेका समेत देखीने गरेका थिए । यसैबिच काठमाडौंका विभिन्न स्थानमा नाचगान पनि भइरहेका छन् ।
एक आपसमा रंग दलादल र पानी छ्यापाछ्याप गरिरहेका युवायुवतीलाई केही विदेशी पर्यटकले पनि साथ दिएको त्यहा देखिन्थ्यो ।
बसन्तपुरका साथसाथै टुँडिखेल, दरबारमार्ग, रत्नपार्क बानेश्वर लगायत मुख्य चोकहरुमा पनि फागु पूर्णिमाको अत्यधिक चहलपहल रहेको थियो ।
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2709-1.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2745-1.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2752-1.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2805.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2817-1.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2824.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2875.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2882-1.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_2888.jpg)
![](https://jagarannews.com/wp-content/uploads/2019/03/IMG_E2759.jpg)
प्रतिक्रिया दिनुहोस्