‘बटरफ्लाई’ मायामा आर्यनसँग प्रियंकाको रोमान्स (भिडियो)

काठमाडौं । नेपाली चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल…’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् ।

अगामी पुस २८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बटरफ्लाई’को गीत ‘म गाउँदिन अब गीत गजल…’मा पहिलोपटक नायक आर्यन अधिकारीसँग नायिका प्रियंका कार्कीको ‘कलरफुल’ रोमान्सलाई दर्शकले रुचाएका छन् ।

चलचित्र प्रदर्शन हुनु एक महिनाअघि नै युट्युबमा सार्वजनिक गरिएको उक्त गीतलाई दर्शकले रुचाइदिएपछि निर्माण पक्षले चलचित्र सफल हुने बताएका छन् । यूट्युबमा उक्त गीत ११ लाखभन्दा बढी दर्शकले हेरेका छन् ।

उत्कृष्ट गीतसंगीतले चलचित्रको सफलतालाई मापन गर्ने भएकोले पनि निर्माण पक्ष चलचित्र सफल हुनेमा विश्वस्त भएको बताएका हुन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायीका अञ्जु पन्तले स्वर दिएका छन् । नायक आर्यन अधिकारी नायीका प्रियंका कार्कीसँग पहिलोपटक चलचित्रमा देखिएका छन् ।

पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको निर्माणमा निर्देशक ओमप्रतिक गुरुङले चलचित्र ‘बटरफ्लाई’को निर्देशन गरेका हुन् । कार्यकारी निर्माता रमेश प्रजापति रहेको चलचित्रमा प्रियंका र आर्यनसँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्