सरकारको निर्णय कार्यान्वयन नहुँदा उखु किसान रनभुल्लमा
काठमाडौं, चैत ५ । सरकारको निर्णय कार्यान्वयन नहुँदा उखु किसान रनभुल्लमा परेका छन् ।
सरकारले उखुको न्यूनतम मूल्य क्वीन्टलको पाँच सय ३६ रूपैयाँ ५६ पैसा तोकेको छ । तर चिनी मिलले क्वीन्टलको चार सय ३६ रूपैयाँमा मात्र किसानसँग उखु किनिरहेको छ ।
सरकारले गरेको निर्णयसमेत कार्यान्वयन नहुँदा किसान रनभुल्लमा परेका हुन् ।
सरकारले उखुको न्यूनतम मूल्य पाँच सय ३६ रूपैयाँ ५६ पैसा प्रतिक्वीन्टल तोकेको थियो । तर उक्त मूख्यमा उखु किनेर मिल चलाउन नसक्ने भन्दै चिनी मिलले उखुनै किनेनन् ।
उखु खेतमै फुलेर उखुको तौल घट्न थालेपछि उद्योगीको मूल्यमा किसान उखु बेच्न बाध्य भएका हुन् । उखुको बीउ, मल र सिँचाईमा दिनानुदिन लागत बढ्दै गएको भन्दै किसानले घाटा व्यहोरेर उखु बेच्नुपरेको गुनासो गरेका छन् ।
लगानी गरेपछि बढी प्रतिफल लिने र लगानी छिटै असुल्ने उद्योगीको चाहना छ भने उद्योगीले उखु नकिनेको अबस्थामा राज्यले किन्ने संयन्त्र पनि छैन ।
किसानको असन्तुष्टिकै कारण उखुको उत्पादन र उत्पादकत्व घट्दै गएको छ भने किसान पलायन हुने क्रम बढ्दै गएको छ ।














प्रतिक्रिया दिनुहोस्