“पहुँचबाहिर परेकालाई समेट्न” राष्ट्रिय परिवार योजना सम्मेलन भोलिदेखि

काठमाडौँ, ३ चैत । नेपालमा परिवार नियोजनको क्षेत्रमा ठूलो योजना र बजेट खर्च भएता परिणमा साचेजस्तो फलदायी हुन सकेको छैन । यसै एजेण्डालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाले यहि चैत ४ र ५ गते राष्ट्रिय परिवार योजना सम्मेलन गर्दै छ ।
परिवार नियोजनका सेवा लक्षित वर्गमा नसक्नुको कारणलाई मुख्य छलफलको विषय बनाई दुई दिने सम्मलन हुँदैछ । यस सम्मेलनमा सरकारको मन्त्रीदेखि विज्ञ र सरोकारवालासंग नीतिगत र प्राविधिक कुराहरु उठाईने छ ।
“पहुँचबाहिर परेकाहरुलाई समेट्न” भन्ने मुल नाराकासाथ राष्ट्रिय परिवार सम्मेलन हुँदै छ । सबन्धित व्यक्तिले सेवाबाट बञ्चित हुन गएको ठहर गर्दै स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले यो सम्मेलनको आयोजना गरिएको
महाशाखाका प्रमुख आर.पी. विछाले जानकारी दिइन् । सम्मेलनको जनकारी दिन महाशाखाद्वारा गरिएको पत्रकार सम्मेलनमा उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने एकीन जानकारी छैन नभएता पनि राज्य र दातृ निकायको लागनी भने धेरै नै भएको बताइन् । उनले “परिवार नियोजन सेवा जानुपर्ने ठाउँमा पुगेको छैन । यस सेवा किशोर किशोरीलाई अति आवश्यक पर्छ तर उनीहरुको यसमा पहुँच नै छैन ।” भन्दै मन्त्रालयले आफ्नो कूल बजेटको दुई प्रतिशत बजेट यस क्षेत्रमा लगानी गर्छ ।

विभिन्न दातृ निकायले संयुक्तरुपमा गरेको हालै सार्वजनिक अध्ययनका अनुसार अझै पनि ३४ प्रतिशत किशोर किशोरीको परिवार नियोजनको सेवामा पहुँच छैन । पहिलो सन्तानपछि सुत्केरी अवस्थामा परिवार नियोजनका बारेमा उचित जानकारी दिने हो भने ८४ प्रतिशत महिलाले परिवार नियोजनका विधि प्रयोग गर्दछन ।

अर्कोतर्फ गत वर्ष सरकारी आँकडामा गर्भपतन गराउनेको सङ्ख्या एक लाख माथि रहेको छ । अध्ययनका अनुसार गर्भपतन गराउनेलाई परिवार नियोजनका सेवाको पहुँच नपुगेको देखिएको छ । पछिल्लो वर्षमा सरकारले परिवार नियोजनको सट्टामा परिवार योजनाले सम्बोधन गर्दै आएको छ ।

सम्मेलनमा परिवार नियोजन सेवाको पूर्ति, माग, सेवाको पहुँच विस्तार, पहुँचमा नआएकालाई कसरी समेट्नेलगायतका विषयमा छलफल हुनेछ । साथै आगामी दिनमा परिवार नियोजनको प्रयोग दर बढाउन अपनाउनुपर्ने रणनीतिका बारेमा समेत छलफल हुने महाशाखाका प्रमुख विछाले जानकारी दिनुभयो ।
सरकारले परिवार योजना २०२० मा परिवार नियोजनको प्रयोगदर बढाउँदै यसको पहुँच विस्तार गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सम्मेलनमा परिवार कल्याणसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्