कालिकोटमा लगाइएको कर्फ्यु हट्यो, जनजीवन समान्य
काठमाडौं । कालिकोटमा शनिवारदेखि लगाइएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ । म्यादी प्रहरी विवेक ऐडीको आन्दोलनका क्रममा मत्यु तनावको अवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कर्फ्यु लागाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय कालिकोटको पहलमा बसेको सर्वदलीय बैठक पछि जिल्ला प्रशासन कार्यालय कालिकोटको डेढ सय मिटर आसपास क्षेत्रमा आज बिहान ७ बजेबाट कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए।
आन्दोलनरत पक्षलाई वार्ताका लागि अनुरोध गरिएको छ । तर, आन्दोलरत पक्ष वार्तामा बस्न तयार नदेखिएपछि अवस्थामा सुधार आउन सकेको छैन । घटनाको सत्यतथ्य बुभ्mन सरकारले पठाएको अनुगमन टोली खराब मौसमका कारण सुर्खेतबाट कालिकोट जान सकेको छैन् ।
टोली नेपाली सेनाको हेलिकप्टरबाट कालिकोट जाने तयारी गरीरहेको र मौसम खुलेपछि कोलिकोट जाने प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्