नेपाली काँग्रेस मकवानपुरका सभापति तथा पुर्व गृहराज्यमन्त्रि इन्द्र बानियाका पिताको निधन

काठमाडौं । नेपाली काँग्रेस मकवानपुर सभापति, नेपाल सरकारका पुर्व गृहराज्यमन्त्रि तथा मकवानपुर प्रतिनिधि सभा २ को प्रदेश सभा नं २ का विजयी उम्मेदवार इन्द्र बहादुर बानियाका पिता छेम बहादुर बानियाको निधन भएको छ ।

एक हप्ता अगाडि बाटै अस्वस्थ रहेका बानियाको अस्पतालमा उपचार भइरहेको थियो ।

ललितपुर सानेपा स्थित बयोधा अस्पतालमा उपचार कै क्रममा ८१ बर्षको उमेरमा उनको निधन भएको हो ।

उनको आजै दिउसो १ बजे पशुपति आर्यघाटमा दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्