सिके राउतले बोलाए गठबन्धनको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं , चैत २ । सरकारसँग ११ बुँदे सम्झौता गरेका स्वतन्त्र मधेश गठबन्धले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।

सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाई सकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडामा निस्किने बताइएको छ ।

परिषद्को बैठक दुई दिनसम्म चल्ने बताइएको छ । ४ गते परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको –याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्