राष्ट्रपति स्वगतको लागि विच्छ्याइएको रेड कार्पेटमा राष्ट्रपति भन्दा पहिला सर्पको स्वागत

काठमाडौं, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वगतको लागि विच्छ्याइएको रेड कार्पेटमा राष्ट्रपति भण्डारी भन्दा पहिला सर्प स्वागत भएको छ ।
शुक्रबार भण्डारी न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किने क्रममा उनको स्वगतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भीआईपी कक्षमा विच्छ्याइएको रेड कार्पेटमा राष्ट्रपति भण्डारी भन्दा पहिला सर्प आएको हो । यसले क. संकग गर्द थ्यो समयले बताउला ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्याे सर्प ।

त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गदै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले ।

केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भएको थियो ।
सर्पले राष्ट्रपति भण्डारीलाई स्वगत गर्र्दै नागमणी छाडेर गए या के ? त्यो देशको भविष्यमा हुने गतिविधिले बताउला ।

प्रतिक्रिया दिनुहोस्