अब चन्दा आतंक विप्लवले नैसर्गिक अधिकार हो, भनेपछि…

काठमाडौं, ३० फागुन । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गरेको थियो । तर ती नै विप्लव नेतृत्वको पार्टीले आज नेपाल बन्दको कार्यक्रम गरेको । बन्दले आंशिक प्रभाव परेको छ भने शैक्षिक संस्थाहरु पुरै बन्द रहेको छ । परिक्षाको मुखमा गरिएको यस्तो बन्दले गर्दा विद्यार्थीहरुको अध्ययनमा निकै गम्भिर असर पारेको छ ।
बम विष्फोट तथा चन्दा आतंक फैलाउँदै आएको विप्लवले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लगाईको प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिएको छन् । उसले सरकारसँग कुनै पनि हालतमा नझुक्ने पनि दोहोर्याएका छन् ।

सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रष्ट्याएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।

तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।

‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा असुलेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं र चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’ विज्ञप्तिमा भनिएको छ सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ ।

विज्ञप्तिमा केपी ओली, प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलागेको बताएका छन् । क्रान्ति अहिलेको आवश्यकता भन्दै उनले दमन भएमा त्यसको मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
दश वर्ष द्वन्द खेपेको नेपाली जनताले फेरी पनि अर्को द्वान्द झेल्नु पर्ने हो की आशंका भईसकेको । मुलुककमा दुई तिहाईको सरकार बन्यो, अब सवृद्धको ढोका खुल्छ भनी आसामो दियो पलाएको थियो नेपाली जनतामा तर, फेरी विप्लव नेतृत्वले द्वान्द मच्चाउन खोज्दै छ । वृहत १२ बुँदे शान्ति सम्झौताबाट आएको यस परिणमलाई वेवास्ता गर्दै अर्काे आतंक मच्चाउनु मुलुक र जनताको लागि हित हुँदैन । यसप्रति सममै ध्यान जानु उपयुक्त हुन्छ । वर्ताबाट निकास निकाल्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्