नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहमति, एमओसीमा हस्ताक्षर गर्ने तयारी

काठमाडौं , फागुन २९ । नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ ।

दुई देशबीच ‘कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’९एमओसी०मा समझदारी जुटेको हो ।

सहमतिपछि अब एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठमा पशे हुने क्रममा रहेको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग यहि मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ ।

त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउने र त्यसपछि हस्ताक्षरको मिति तय गर्ने मन्त्रालय स्रोतले जनाएका छ ।

कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् । अब म्यानपावर व्यवसायीले जापानमा कामदार पठाउदा छुट्टै प्रक्रियाबाट पठाउनु पर्ने छ ।

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था हुने छ ।

कामदार लैजाने विधि, प्रक्रिया, लागत, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा दुवै देश टुंगोमा पुगेको हो ।

समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको थालनी हुनेछ ।

जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शून्य लागतमै कामदार लैजाने व्यवस्था गर्न नेपालले अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्