पाठेघरसम्बन्धी समस्याबाट पीडित हुने महिलाको सङ्ख्या बढ्दो
काठमाडौं, फागुन २९ । पछिल्लो समय महिलामा पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दै गएको छ ।
यसैगरि रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ जना महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । उनीहरु २० देखि ५० वर्ष उमेर समूहका छन् ।
महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ ।
परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन सङ्घ, बुटवलकी नर्स बिष्णु गुरुङले जानकारी दिए।
सैनामैना नगरपालिका–३ को आयोजनामा पर्रोहा हेल्थ पोष्टमा सञ्चालन गरिएको तीन दिने निःशुल्क महिला स्वास्थ्य शिविरमा कूल ४११ महिलाले स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष रत्नबहादुर पौडेलले जानकारी दिए । परीक्षण गराएकामध्ये २६६ महिलालाई औषधी वितरण समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्