भद्रगोलका ‘पाँडे’ भूमिकालाई लिएर विरोध भएपछि कलाकार घिमिरेले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, फागुन २९ । आफ्नो भुमिकालाई लिएर एउटा समुहले विज्ञप्ती जारी गरेपछि नेपाल टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम भद्रगोलका पाँडे पात्रले प्रतिकृया जनाएका छन् ।

पाँडे पात्रका नामवाट परिचित अर्जुन घिमिरेले ‘पाँडे’ र पाण्डेमा फरक रहने बताए।

उनले आफ्नो भूमिकाले पाण्डे थर भएकाहरुलाई कुनै असर नगर्ने बताएका छन् । उनले भने, जहाँसम्म मलाई लाग्छ पात्र ‘पाँडे’ र पाण्डेमा फरक छ। यो अभिनय गर्ने पात्र मात्र हो। ‘पाँडे’ले फटाइं गरेको मात्र देखाएका छैनौं। कमेडीलाई जातिसमुदायसँग नजोड्दा राम्रो हुन्छ।’

यो टेलिश्रृङ्खला ८ वर्षदेखि प्रसारणमा छ। उनी आफै सुरुदेखि नै उक्त भूमिकामा देखिँदै आएका छन्। टेलिश्रृङ्खलाले २०१ भाग पूरा गरेको छ।

‘कुनै संगठन संस्था, व्यक्तिलाई आक्षेप लगाउन जन्मेको पात्र होइन। नेपाल भनेको बहुभाषी, विभिन्न संस्कार संस्कृतिको देश हो’ उनले सुनाए , यहाँ विभिन्न पात्र निर्माण गर्दा कुनै न कुनै जाती र थरसँग मिल्न जान्छ। तर त्यो जातीलाई वा थरलाई नराम्रो गर्ने भन्ने हुँदैन। समाजकाका प्रवृत्तिलाई व्यङ्ग्य गर्ने पात्र मात्र हो।’

यसअघि सीताराम कट्टेल (धुर्मुस) ले निभाएको खड्का जी र मुस्कान पासाको उदाहरण दिँदै भने ‘खोई उहाँलाई खड्का र नेवार समुदायले आपत्ति जनाएर विज्ञप्ती निकालेको थाहा भएन।’ ‘हरिबहादुर र मदनबहादुर’ प्रसारणमा आउँदा पनि बहादुर समुदायले कतै आपत्ति नजनाएको उनको तर्क छ।

यता चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलुमा कलाकार अर्जुन घिमिरेले निभाउँदै आएको पाँडे पात्रलाई लिएर नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै उक्त पाँडेुको भूमिकाले मुलुकभर रहेका पाण्डे समुदायलाई चोट पुर्‍याएको समाजले आरोप लगाएको छ।

पाण्डे समुदायले मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको योगदानलाई ढालेर हास्य पात्रको रुपमा चित्रण गर्दा जो सुकैको मन दुख्नु स्वभाविक होु समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्