निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

काठमाडौँ, फागुन २९ । एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले ३५ दिने वारेन्ट जारी गरेको छ ।

अदालतले उनीहरुलाई ३५ दिने वारेन्टसहितको सूचना जारी गरेर अदालतमा उपस्थित हुन सुचना जारी गरेको छ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारी र बिष्ट का नाममा ३५ दिने वारेन्ट जारी भएको हो।

प्रहरी द्धय एसपी बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो।

उक्त मुद्दामा अदालतले उपस्थित हुन एसपी बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो। तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भएका थिए।

एसपी बिष्ट र डिएसपी जिसी अहिले पनि प्रहरी सम्पर्कमा आएका छैनन्। गत बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो।

डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो।

‘६ जना प्रहरीको बयान लिने काम सकिएको र ‘डिल्ली बिष्ट र अंगुर जिसी उपस्थित नभएकाले उनीहरूको बयान भने लिन बाँकी रहेको अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

स्रेष्तेदार अवस्थीले मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा सोमबार अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी भएको बताए।

प्रतिक्रिया दिनुहोस्