विप्लव नेतृत्वमाथि प्रतिबन्ध, जनयुद्ध कालमा सँघै लडेका गृहमन्त्री क्रुर


काठमाडौं, २८ फागुन । सरकारले नेकपा विप्लव नेतृत्वको पार्टीले आपराधिक संगठन भएको ठहर गर्दै राजनीतिक प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको ग्रुपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि खलल पुर्यायका सरकारको ठहर छ ।
यस निर्णयसँगै सरकारले अब विप्लव समूहका नामबाट कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको छ ।
पटक पटक वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने परेको सरकारको उच्च अधिकारीले बताए ।

पछिल्लो समय प्रधानमन्त्री ओली विप्लव समूहप्रति सार्वजनिक रुपमै आक्रामक बन्दै उनले लुटेर समूहको संज्ञा दिनुका साथै बम पड्काउने, चन्दा असुल्नेहरुसँग वार्ता नगर्ने बताएका थिए ।
तर, जनयुद्ध कालमा सँघै लडेका वर्तमान गृह मन्त्री राम बहादुर थापा ( बादल) विप्लव समूह यति क्रुर किन बने यो पनि गम्भिर विषय छ । नेकपाका अध्यक्ष प्रचण्डले दोहोरो भूमिका खेलेको हो कि भन्ने आशंका पनि जनमानसमा उठ्ने गरेको छ । राजनीतिमा यो पनि चल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्