सीके राउतलाई कारबाही गर्न राप्रपा अध्यक्ष कमल थापाको माग, सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी


काठमाडौं, फागुन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गरेका छन्।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताए ।

सीके राउतसँग भएको ११ बुदे सम्झौता विरोधाभाषपूर्ण, रहस्यमयी र अमूर्त रहेको उनको भनाई छ ।

सीके राउत सामाजिक सञ्जालमा प्रचार गर्ने विषय र जनकपुरको प्रदर्शनले सम्झौता रहस्यमयी भएको पुष्टि भएको अध्यक्ष थापाको दावी छ ।

यसैबचि नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।

सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ ।

उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएकाछन् ।

देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्‍याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

उनीहरुले नेपाली जनताको हित र जनचाहना अनुसार कसैलाई सम्झौत गर्ने छुट नभएको भन्दै सम्झौता तत्काल खारेज नगरे देश व्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्