राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन ।

प्रधानमन्त्रीले ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक उत्सव कार्यक्रममा बोल्दै राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने बताए । तर, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताबारे जनमत संग्रह हुनै नसक्ने उनले बताए ।

उनले राउतसंग भएको ११ बुँदे सहमतिमा जनमत संग्रह भन्ने शब्द कहिँ कतै नभएको र देशको अखण्डताको विषयमा जनमत संग्रह हुन नसक्ने कुरामा जोड दिएका हुन् ।

‘पृथकतावादको आन्दोलनलाई हामीले सम्बोधन गरेका छौं । सम्झौतामा कहिँकतै जनमत संग्रह उल्लेख छैन,’ प्रधानमन्त्रीले भने, ‘किन कसैकसैलाई पृथकतावाद सकियो भन्दा यति बिघ्न खरो भएको हो? किन पानीबिनाको माछा जसरी भटुभुटिएको? म दंग परेको छु । उनले थपे राउतलाई मूलधारको राजनीतिमा ल्याउनु ठूलो उपलब्धी भएको मान्नु पर्छ ।’

सत्तारूढ पाटप्ृकै नेताहरूले सरकार र राउतबीचको सहमतिलाई राष्ट्रिय हित र संविधानविपरित भएको भन्दै आलोचना गरिरहेका बेला प्रधामन्त्री ओलीले यस्तो कुरा बताएको हुन् ।

स्थायी समिति सदस्य भीम रावलले सहमतिको भाषा नै दुई देशबीचको सम्झौता जस्तो भएकाले यसलाई सच्याउनु पर्ने माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा पनि सत्तारूढ नेकपाका सांसदहरूले राउतसँग भएको सहमतिबारे गृहमन्त्री रामबहादुर थापासँग प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्