सीके राउतद्वारा सहमति विपरित स्वतन्त्र मधेस माग्दै जनकपुरमा र्याली

काठमाडौँ, फाल्गुन २७ । विखण्डनको राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउतले स्वतन्त्र मधेस माग्दै आयोजना गरिएर्को यालीमा सहभागीता जनाएका छन् ।

सरकारसँग भएको सहमतिको बुँदा नं. ६ मा संविधानको व्यवस्था र सहमतिलाई प्रतिकूल हुने प्रचार सामग्री प्रयोग गर्न बन्देज लगाइएको छ । तर उनको स्वागतमा आइतबार जनकपुरमा समर्थकले ‘फ्रि मधेस’ लेखिएका झन्डासहिर्त याली निकाली स्वतन्त्र मधेसको पक्षमा चर्को नाराबाजीसमेत गरेका थिए ।

सीके राउतको सुरक्षाका लागि भन्दै मुखमा मास्क लगाएका, टाउको छोपिने गरी झन्डा बेरेका र छातीमा सुरक्षाकर्मीकै जस्तो ज्याकेट भिरेका छुट्टै दस्तासमेत विमानस्थलमा खटिएको थियो । अपराह्न बुद्ध एयरको जहाजबाट ओर्लिएका राउतलाई उनीहरूले स्यालुट ठोके र आफ्नो घेराभित्र राखेर गाडीसम्म पुर्याए ।

विमानस्थलबाट निस्कँदै गर्दा राउतलाई उनका समर्थकले ‘स्वतन्त्र मधेसजिन्दावाद’ नारा लगाउँदै माला र अबिर लगाइदिए ।
विमानस्थलमा राउतसँग प्रतिक्रिया लिन खोज्दा सुरक्षाकर्मीझैं खटिएको दस्ताले सञ्चारकर्मीलाई धकेल्दै पर र्पुयाइदिएको थियो । राउत चढेको गाडीको पछाडि सिटमा समेत तिनै कार्यकर्ता बसे । राउतको गाडीको अघि–पछि मोटरसाइकलको लाम लगाएर गठबन्धन समर्थकले जनकपुर परिक्रमा गरे । ट्राफिक प्रहरी चढेको मोटरसाइकल राउतको गाडीको अघि र नेपाल प्रहरीको भ्यार्न यालीको पछि–पछि गुडेको थियो ।

विमानस्थलबाट कार्यकर्तासहित नगर परिक्रमा गरेपछि राउत जनकपुर–८ स्थित बलवा टोलमा रहेको भाडाको घरमा पुगे । जनकपुर हुँदा उनी त्यही घरमा बस्छन् । असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका राउतलाई गत बिहीबार सर्वोच्च अदालतले रिहा गरेको थियो । रिहा भएकै भोलिपल्ट शुक्रबार सरकारसँग सहमति गरी उनले विखण्डनको मुद्दा छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्