इथियोपियन एयरलाइन्स दुर्घटनाः मृतकमध्ये एक नेपाली रहेको पुष्टी

काठमाडौँ, फाल्गुन, २७ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन । दुर्घटनामा गोर्खा घर भएकी एकता अधिकारीको निधन भएको छ ।

इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।

अधिकारी इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन् ।

विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो । मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन ।

एकता दुई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन ।

प्रतिक्रिया दिनुहोस्