प्रदेश र स्थानीय तहमा आधा पनि भएन कर्मचारी समायोजन, समस्या जस्ताको तेस्तै !

काठमाडौं , फागुन २७ । कर्मचारी समायोजन अन्तिमचरणमा पुग्नै लाग्दा प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्तिको समायोजन आधा पनि हुनसकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ६ सय १२ कर्मचारी समायोजन भइसकेको छ । ती कर्मचारीमध्ये संघमै समायोजन हुनेको संख्या ३४ हजार ७ सय ६३ जना रहेका छन् । संघमा ४७ हजार ९ सय २० कर्मचारी रहेकोमा संघमा नै फाजिलमा १ हजार ९४ जना कर्मचारी रहेका छन् ।

सरकारले प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने गरी नयाँ दरबन्दी सिर्जना गरेको थियो । तर अहिलेसम्म प्रदेश र स्थानीय तहमा भनेजस्तो कर्मचारी समायोजन हुन सकेको छैन ।

केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबू पण्डितले भने ५५ हजार कर्मचारी समायोजन भइसकेको र बाँकी सबै यही फागुन मसान्तभित्र गरिसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्