राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान, सवारी व्यवस्थापनमा केही खुकुलो


काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्बन्धी आयोगको ६३औं अधिवेशनमा भाग लिन आइतबार साँझ अमेरिका प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी संघको महिलाहरुको अवस्था सम्बन्धी आयोगको ६३औं अधिवेशनमा भाग लिन संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, न्यूयोर्कतर्फ प्रस्थान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।
राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न उनी नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रस्थानका क्रममा राष्ट्रपति बभण्डारी शीतल निवासबाट गौशला हुँदै सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीको यो पटकको सवारी व्यवस्थापनमा त्यति धेरै कडाई गरिएको देखिएन । राष्ट्रपतिको सवारी भैरहँदा अर्को लेनमा सार्वजनिक सवारी साधनहरु गुडिरहेको देख्न सकिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्