१४ करोडका कारगेड बाइक किन्दै सरकारः एउटा बाइकको मूल्य १४ लाख ६० हजार

काठमाडौं , फागुन २६ । सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ ।

प्रतिएक आधा करोड रुपैंयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो ।

त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैंयाँबराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैंयाँमा ६ सय ५० सीसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिदका क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्