बलिउड स्टार रणवीर र आलियाको विवाह हुने पक्का !
काठमाडौं, फागुन २५ । बलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ।अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट हाल प्रेममा छन् ।
अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किएलगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन्।
ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन्। ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट फर्कने उनकी पत्नी नितु कपुरले सोसल मिडियामार्फत जानकारी दिएकी छिन्। रणवीर–आलिया दुवैको परिवार उनीहरुको विवाह गरिदिन तयार भइसकेका छन्। आलिया ऋषि कपुरलाई भेट्न अमेरिका समेत गएकी थिइन्।
ऋषि कपुर फर्किएपछि पण्डितसँग विवाहको साइत जुराइने बताइएको छ। पण्डितसँग भेट्ने मिति आगामी अप्रिलका लागि तय भएको छ।
उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ। आलिया र रणवीर यतिबेला फिल्म ‘ब्रम्हास्त्र’ को प्रमोसनमा जुटेका छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस्