प्रधानमन्त्रीले विप्लवलाई भने- ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह विप्लव राखे हुन्छ’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन्।

राजनीतिक सहमति घोषणा कार्यक्रममा ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो भन्दै सरकारले गरेर छाड्ने चेतावनी दिए। ‘यो बाटो छोड्नुस। नत्र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले गर्छ’, उनले भने।

कम्युनिस्टको नाममा लुट्ने, मान्छे मार्ने र बन्दुक पड्काउने काम भइरहेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर। लुटेरा समूह ९विप्लव० राखे हुन्छ। प्रकाण्ड लुटेरा समूह राखे हुन्छ।’

प्रतिक्रिया दिनुहोस्