एसएबी पब्लिक स्कुलकोे विज्ञान तथा प्रविधि प्रदर्शनी भव्यताकासाथ सम्पन्न (फोटोसहित)

काठमाडौं फागुन २४ । कठमाडौंको घट्टेकुलो डिल्लीबजारस्थित रहेको एसएबी पब्लिक स्कुलले आफ्नो विज्ञान तथा प्रविधि प्रदर्शनी २०७५ सम्पन्न गरेको छ ।

बिगतमा पनि विज्ञान तथा प्रविधि प्रदर्शनी तथा अन्य कार्यक्रमहरु गर्दै आएको स्कुलले बिहिबार आफनै स्कुलको प्राङ्गणमा विज्ञान प्रदर्शनी भव्यताका साथ सम्पन भएको हो ।


सो प्रदर्शनीमा काठमाडौं उपत्यकाका थुर्पै विद्यालय तथा उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरले अवलोकन गरेको शिक्षीका दुर्गा दाहाल (पाण्डे) ले बताईन ।


विद्यालयको विज्ञान विभागको संयोजकत्वमा भएको प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुले भौतिक शास्त्र, रसायन शास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्स सम्बन्धी प्रस्तुत गरेका थिए । प्रदर्शनीमा उपत्यकाका केही कलेजहरुले पनि आफ्नो परियोजना मार्फत सहभागीता जनाएको विद्यालयले जनाएको छ ।

प्रदर्शनी अवलोकनका कार्यक्रममा बोल्दै उच्च माध्यामिक विद्यालयकाहरुको छाता संगठन हिसानका अध्यक्ष रमेश सिलवालले एसएबी पब्लिक स्कुलको यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरुमा उत्पन्न हुने विज्ञानका कौतुहलतालाई मेटाएको धारणा व्यक्त गरे ।
उनले यस्ता कार्यक्रमले अभिभावक, विद्यार्थी र शिक्षकहरुको सम्बन्धमा पनि प्रागाढ बनाउनुका साथै स्कुलको गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

यसैगरी विद्यालयका संस्थापक प्रिन्सिपल तथा एनप्याब्सनका पूर्वअध्यक्ष लक्ष्यबहादुर केसीले एक्काइसौं शताब्दी विज्ञान र प्रविधिको युग भएकाले विद्यार्थीहरुमा विज्ञान र प्रविधिको महत्व र आवश्यकताका विषयमा आझै बढी जनाकारी दिनको निमित्त विगतमा पनि यस्ता कार्यक्रमहरु गर्दै आएको जनाकारी दिए ।

उनले यस प्रदर्शनीबाट दक्षता हासिल गर्न विद्यार्थीहरु सक्षम बनुन भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्