मेलम्चीबाट भागेको सीएमसीसँग तनँहु हाइड्रोले पनि ठेक्का रद्द ग¥यो , नयाँ ठेक्का प्रक्रियाको तयारी सुरु

काठमाण्डौ , फागुन २३ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएको कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए ।

यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले गएको माघ ४ गते सीएमसीसँग सम्झौता गरे पनि काममा नआएपछि फागुन ७ गते ठेक्का तोड्न सूचना दिएको थियो । तर सीएमसीबाट कुनै जानकारी नआएपछि ठेक्का रद्द गरिएको पत्र पठाएको छ ।

तनहुँ हाइड्रो पावर लिमिटेड र सीएमसीबीच १५ असोज २०७५ ९१ अक्टोबर २०१८०मा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ९प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहित०मा खरिद सम्झौता भएको थियो ।

तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सीएमसीले कार्यसम्पादन जमानतबापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतका लागि दाबी गरेको छ ।

साथै सीएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेस्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।

सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको छ । अहिले नयाँ टेण्डर आव्हान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले चैतको दोस्रो हप्ता ९मार्च २०१९०भित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ

प्रतिक्रिया दिनुहोस्