विप्लबका कार्यकर्ताको घरमा प्रहरीको छापा, ठूलो संख्यामा चाईनिज हतियार बरामद

काठमाडौं, फागुन २३ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले शिवराज नगरपालिका–९ स्थित शिवगढीका विभिन्न स्थानमा छापा मारेको हो ।

साथै गाउँका बिभिन्न घरमा छापा मार्ने क्रममा गएराति नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका चाईनिज हतियारसहित पक्राउ परेका छन् ।

चन्द नेतृत्वकै रोकालाई गएराति घरमै प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।

रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

रोकालाई पक्राउ गरिसके पछि आज बिहान प्रहरीले शिवगढीमा फेरि छापा हान्न जाँदा स्थानीयले प्रतिकार गरेका थिए ।

जसले गर्दा केही समयको लागि शिवगढी तनाव ग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्