‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रदीप जसिताको प्रेम र वियोग (भिडियोसहित)

काठमाडौं, फागुन २२ ।‘ लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । युनिटले मंगलबार एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरेको हो ।

‘लिली बिली’ जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित नयाँ फिल्म ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

क्युज चलचित्र भवनमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदीप, जसितासहित फिल्मका धेरै युनिट उपस्थित भएका थिए । फिल्मको ट्रेलरमा भने प्रदीप र जसिताको प्रेममा अभिनेता प्रकाश शाह बाधक देखिएका छन् ।

जसिता र प्रकाश बीचको विवाहको तयारी समेत देखाइएको ट्रेलरले प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ भन्ने कौतुहलता भने जगाएको छ ।

अभिनेता प्रदीपले लभ स्टेशनमा राम्रो काम गरेको दाबी गरेका छन् ।

अभिनेत्री जसिताले ‘लभ स्टेशन’सम्म आईपुग्दा आफ्नो काम अझ परिपक्क भएको बताइन् । उनले फिल्मबाट आफु थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरु अभिनेताहरुसँग समेत काम गर्न इच्छुक रहेको बताइन् ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्