दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने,प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् ।
आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाँले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबीगरे।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्नेे विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे ।
उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए ।
पार्टी एकता सजिलै हुने दाबी गर्दै उनले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याए ।
उनले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्