जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी, दुईजना पक्राउ

काठमाडौं, फागुन २२ । जनकपुरका मेयर लालकिशोर साहको घरमा चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ६ का २० वर्षीय बिक्की साह र वडा नं. ४ का २० वर्षीय किसन मण्डल रहको प्रहरीले जनाएको छ ।

फागुन २३ गते हुने छोरीको बिहेको लागि किनेर ल्याएको सामग्री मंगलबार राति चोरी गरेको आरोपमा दुवैजनालाई पक्राउ गरेको हो ।

उनीहरुले एक लाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुवैजनामाथि थप अनुसन्धन गरी मुद्दा चलाउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्