म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छ , मन्त्री शाही
काठमाडौं । बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जनजति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
उनले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद् घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग पनि गरे ।
‘सान्नी–त्रिवेणी, चार–तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर–परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु’–विज्ञप्तिमा उनले भनेका छन् ।
‘यस दुःखद् घडीमा सबै पक्ष संयमित भइ जिल्लाको शान्ति–सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहन’समेत विज्ञप्तिमार्फत् उनले सबैमा आग्रह गरे । रासस















प्रतिक्रिया दिनुहोस्