नेपालका दुई स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

पाल्पा, जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् ।

अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड पाएका हुन् ।

ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने सो अवार्डमा देशभरका १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय प्रतिस्पर्धामा थिए ।

पाठ्यक्रमको परिधिभित्र रहेर शिक्षण पद्धतिमा नवीनतम अन्र्तराष्ट्रिय आयाम अवलम्बन गरेबापत विद्यालयलाई यस्तो विश्वव्यापी मान्यता प्रदान गर्ने पद्धति रहेको बेथल इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल खेमबहादुर सारुले बताए ।

प्रतिक्रिया दिनुहोस्