पशुपतिमा गाँजामा मस्त बाबा (फोटो फिचर)

मनोरथ नेपाल-
महाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । चन्द्रमासको चौधौ दिनको चन्द्रमा उदाउनु पहिलाको पहिलो रातलाई शिवरात्री भनिन्छ जुन आज परेको छ । शिवरात्रीको आध्यात्मिक र सास्कृतिक महत्व उत्तिकै रहेको छ । ब्रत बस्ने भक्तजनको लागि आज बिशेष फल पाइने धार्मिक विश्वाश रहेको छ । यस दिन भक्तजनहरु शिव मन्दिरहरूमा गएर शिवलिङ्गमा बेलपत्र, धतुरो, फुल, चन्दन आदि चढाउने, पूजा गर्ने, उपवास बस्ने तथा रातभर शिव भजन गाएर जाग्राम बस्दछन । शिवरात्रीको आध्यात्मिक र सास्कृतिक महत्व उत्तिकै रहेको छ । नेपालका बिभिन्न मठमन्दिर लगायत महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनरीको रामधुनी र पिण्डेश्वर, खोटङ्गको हलेसी, मोरङ्गको किरातेश्वर, गुल्मीको गलेश्वर आदि विविध शिवालयमा भक्तजनहरुको भीड लागेको छ । यस अवसरमा भारतबाट आएका साधुसन्तकोे पशुपती क्षेत्र बिकास कोषले निःशुल्क आवास तथा खानपिनको ब्यबस्था समेत गरेको छ ।

शिवरात्रीमा आउने सबैले मन्दिरको दर्शन गरेका छैनन्, किनकी कोहि रमाइलोको लागि भने पनि पशुपति पुगेका हुन्छन् । जो एकाग्र तथा भक्त भई पुजा गर्न जान्छन् त्यस्ता भक्तजनहरु आइतबार बेलुका देखी नै लाइनमा बसेका हुन्छन । धेरैजसो सर्वसाधारण मेला हेर्न मात्रै पशुपतीनाथ पुगेका छन् भने कोही गाँजा सेवन गर्नका लागि नै पशुपतिनाथ पुगेका छन् । मन्दिर आसपासमा सर्वसाधारण गाँजा तान्न मस्त देखिन्छन । नागा बाबा र गाँजा शिवरात्रीको बिशेषता नै हो । के युवा के युवती सबै गाँजाको तालमा देखिन्छन । बिदेसी पर्यटक समेत गाँजाको सुरमा लठ्ठ थिए । सुरक्षाकर्र्मी भने हातमा लठ्ठी बोकेर रमिता हेरिरहेका देखिन्छन । बेलाबेलामा गाँजा खानेहरुको भिडलाई लखेट्दै पर पुर्याउछन्, फेरी एकैछिनमा जम्मा हुन्छन । कोही बाबाहरु भने तस्बिर खिच्दा पोज दिइरहेका देखिन्थे भने कोही बाबाहरु क्यामेरा देख्ने बित्तिकै झम्टिन पछी परेनन ।
हेरौ फोटो पत्रकार मनोरथ नेपालले क्यामेरामा कैद गरेका केही रमाइला तस्बिरहरुः 

प्रतिक्रिया दिनुहोस्