कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले गरे मृगौला पीडितलाई सहयोग !
काठमाडौं, फागुन १९ । कलाकार जीतु नेपाल ‘मुन्द्रे’ले मृगौला पीडितलाई सहयोग गरेका छन् । सिन्धुपाल्चोक घर भएका एक मृगौला पीडितलाई उनले आर्थिक सहयोग गरेका हुन् ।
नेपालमा घरजग्गा केही नभएको २२ वर्षीय आशिष धमलालाई २५ हजार नगद रुपैयाँ सहयोग गरेको उनले बताए।
जितुले उक्त सहयोग आफ्नो कमेडी शोमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । शोमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि १० हजार रुपैयाँ सहयोग गरेकी छन् ।
शुक्रबार साँझ प्रसारण भएको शोमा यो सहयोग घोषणा गरिएको हो । पीडित धमलाले युवा अवस्थामा दुवै मृगौला फेल भएका कारण बचाउनको लागि सहयोगको याचना गरिरहेकी छन् ।
धमलाको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जीतु नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस्