पार्टी एकता संयोजन समितिको बैठक शनिबार बस्दै
काठमाडौं । कम्युनिष्ट गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शनिबार बस्ने भएको छ ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका कम्युनिष्ट गठबन्धनले पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा सरकार गठन र पार्टी एकताको बारेमा छलफल हुने उनले बताए ।
उनले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनैपर्ने बताउँदै अन्यथा दुवै पार्टीको अस्तित्व संकटमा पर्न सक्ने बताए। समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरु छन्।
एमाले र केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्