मे १ मा जापानको नागोयामा भव्य कार्यक्रम हुदैँ , यसरी हुदैँ छ तयारी

 

काठमाडौँ , फागुन १९। नेपालमा रहेका एच.आई.भी पिडित बाल–बालिकाहरूको सहयोगार्थ स्वरुप २०१९ मे १ तारिकमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान-नेपाल म्यूज़िक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजको संयुक्त आयोजनामा हुन गईरहेको नेपाली नाच्छ ‘गोल्डेन वीक म्यूज़िकल नाइट’ २०१९ मा, नागोया वरिपरी बसोबास गर्ने नेपालीलाई अवलोकन गर्न अनुरोध गरिएको छ ।

कार्यक्रम कै सिलसिलामा संसारका धेरै देश–बिदेशको भ्रमण र आफ़नै देश भित्रपनि विभिन्न ठाँउमा प्रस्तुती गरेर नाम कमाई सकेका ख्यातिप्राप्त कलाकारहरू आउने आयोजककोको दाबी रहेको छ ।

कार्यक्रम नागोया भित्रको एकदमै व्यस्त ठूलो शहर सकाय सिटीको थ्यक्का ऍपल स्टोर पछाडीको लोफ्ट बिल्डिंगको ११ तला माथि रहेको ‘अर्तोपिया हाल’ मा हुने भएको छ ।

७०० जना सीटिंग क्यापासिटी रहेको हाल भित्र उच्च स्तरको साउण्ड र लाइट्निंग सिस्टम रहेको कारण र हल भित्रको सुन्दर वातावरणको साथै हाल बहिर बाट देखिने सकाय शहरको मनै लोभ्याउने दृश्यले दर्शकको मन जित्ने आयोजकले बताएको छ ।

कार्यक्रमको सुरूवात वेल्कम सेशन नागोयामै बसोबास गर्दै आफ़नो म्यूज़िकल करियर बनाई सकेको नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ । त्यसपछी नेपालबाट आमन्त्रित कलाकारहरूले जोडदार मनोरञ्जन दिनेछन । अन्तिममा कार्यक्रमलाई अझ उत्साहित बनाउन जपानिज डीजेले विभिन्न किसिमको गीत बजाएर मनोरञ्जन दिलाउने छ ।

कार्यक्रममा आउनु हुने बिध्यार्थी लाई अरुबाईतो कामको समेत परिचय गराउने आयोजकले जनाएको छ । साथै हाल बहिर नेपाली खानेकुरामा जस्तै म।म, चना–चटपटे, पानीपुरी र सफ़्ट ड्रिंक समेत राखिने हुनाले कार्यक्रमको अझ छुट्टै आर्कषण हुने आयोजकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्