दिवंगत नेता अधिकारीको पार्थिव शरीर ९ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा राखिने

काठमाण्डौ , फागुन १९ । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा राखिंदैछ ।

पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अधिकारीको अन्त्येष्टिको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक पनि बस्दैछ । नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो । २०४७ सालको संविधानको मस्यौदाकार अधिकारी २०५१ मा बनेको तत्कालीन एमालेको नौमहिने अल्पमतको सरकारमा अर्थमन्त्री थिए ।

त्यतिबेला वृद्धभत्ता वितरण र आफ्नो गाउँ आफैँ बनाऔंलगायतका कार्यक्रम लागू गरेर उनले लोकप्रिय अर्थमन्त्रीको छवि बनाएका थिए ।

नी चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिकामाथिए ।

दिवंगत नेता अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्