पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा

काठमाडौं, फागुन १९ । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् ।

ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । सिन्धुपाल्चोकका लामा काठमाडौंबाट पक्राउ परेका हुन् ।

यसअघि पक्राउ परेका कम्पनीका ब्यवस्थापक अरुणकुमार महतोलाई प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । कम्पनीका संचालक दीपक तामाङ भने फरार छन् । संचालक नै रहेका दीपककी श्रीमती विमला केन्द्रीय कारागारमा छन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलमा कम्पनीविरुद्ध ३ सय ७ जनाभन्दा बढीले साढे २ करोड रुपैंयाँ ठगी गरेको उजुरी दिएका छन् । एकैपटक धेरै संख्यामा उजुरी परेको यो विरलै घटना हो ।

प्रतिक्रिया दिनुहोस्