रङ्गशाला निर्माणका लागि खुत्रुके अभियान सुरु, प्रदेश २ मा उठ्यो २२ लाख सहयोग

काठमाडौं, फागुन १८ । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितीमा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।

रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ ।

सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा सहभागि उद्योगि, व्यवसायि, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागी लाखौं रुपैंया सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरुलाई अपिल गरे ।

नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्