मन्त्री अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जलि दिन उर्लियो जनसागर (फोटो फिचर)

काठमाडौं, फागुन १७ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि नेता कार्यकर्तादेखि सर्वसाधारणको भीड लागेको छ।

पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा सर्वसाधारणले क्रमबद्ध रुपमा लाइन लागेर श्रद्धाञ्जलि अर्पण गरिहरेका छन्।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओढाएर सम्‍मान व्‍यक्त गरेका छन्।

यस्तै नेकपा पार्टीको तर्फबाट नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका छन्।

यस्तै प्रदेश सरकारका प्रवक्ता एव भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले मन्त्री अधिकारीको जीवनी वाचन गरेर सुनाएका छन्।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ।
उनको शव अपराह्न पौने १ बजे काठमाडौंको टुँडिखेलबाट पोखरा ल्याइएको हो।

अन्तिम श्रद्धाञ्जलीपछि राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ। मन्त्री अधिकारीको दाहसंस्कार पोखराको रामघाटमा हुने तय भएको छ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्