पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, ५ जनाको शव पहिचान गर्न कठिनाइ

काठमाडौं, फागुन १६ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।

उनका अनुसार बुधबार साँझ दुर्घटनास्थलबाट डोरीको सहायताले ४ जनाको शव निकालिएको थियो भने मौसममा आएको खराबीका कारण ३ जनाको शव बिहीबार बिहान मात्र बिमानस्थलसम्म ल्याइपुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्