दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने

काठमाडौ, १६ फागुन । दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूको शव परीक्षणका लागि काठमाडौ ल्याइने निर्णय भएको छ । शव काठमाडौ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने ठहर सहित काठमाडौ ल्याइने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौतर्फ ल्याउन ढिलाइ भइरहेको छ ।

ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिरहेको छ । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार मौसममा सुधार आउने बित्तिकै शवहरू काठमाडौँ पठाइनेछन् ।

हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा हेलिकप्टर सवार सबै जनाको निधन भएको थियो । उक्त हेलिकप्टरमा सात जनाको सवार थियो ।

प्रतिक्रिया दिनुहोस्