मन्त्री रवीन्द्र अधिकारी बुबाआमालाई काठमाडौं ल्याइयो, आमा बुवा रुवावासी
काठमाडौं, १५ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी बुबाआमालाई काठमाडौं ल्याइएको छ । आमा बुवा रुवावासी गरेका छन् । यो शोकको घडिलाई समाल्ने स्थिति छैन ।
दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो । दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको कास्कीस्थित घर पुगेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले वहालवाला मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् । मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको घटनालाई लिएर वा अन्य विषयमा छलफलको लागि प्रधानमन्त्री आलीले मन्त्रीहरुलाई बोलाएको हुन सक्ने स्रोतले बताएको छ । हेलिकोप्टर दुर्घटनामा सवार सातै जनाको निधन भएको छ ।














प्रतिक्रिया दिनुहोस्