म्यादी प्रहरी र प्रहरी बीच झडप हुँदा १ म्यादी प्रहरीको मृत्यु

काठमाडौ । कालिकोटमा तलबको विषयलाई लिएर आज म्यादी प्रहरीले शान्तिपूर्ण जुलुस गरिरहँदा प्रहरी र म्यादी प्रहरीबीच झडप भई एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उक्त शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएका थिए । घाइतेको जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ ।

प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिने भनेका थिए, सो कुराको चित्त नबुझेकाले  विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो । अहिले कालीकोटको अवस्था तनावग्रस्त छ ।
जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले लगाएका छन् । प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्