मध्य मस्र्याङदी-दमौली-मस्र्याङदी प्रसारणलाइन सञ्चालनमा आयो, विद्युत खेर जाने सम्भावनाको अन्त्य

काठमाडौं, फागुन १४ । मध्य मस्र्याङदी-दमौली- मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारणलाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज) मा ल्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारणलाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।

‘मध्यमस्र्याङदी(मस्र्याङदी प्रसारणलाइन ओभरलोड हुँदा लमजुङस्थित निजी क्षेत्रका जलविद्युत आयोजनाबाट वर्खामा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने सम्भावना थियो अब मध्यमस्र्याङदी(दमौली(मस्र्याङदी लाइन सञ्चालनमा आएपछि विद्युत खेर जाने सम्भावनाको अन्त्य भएको छ’, उनले भने ।

उनका अनुसार मस्र्याङदी(काठमाडौं र मस्र्याङदी(भरतपुर प्रसारणलाइनमा फल्ट आउँदा प्राधिकरणका मध्यमस्र्याङदी, मस्र्याङदी सहित निजी क्षेत्रका आयोजनाको विद्युत प्रवाह गर्न नसक्ने अवस्था थियो ।

अव यसको पनि अन्त्य भएको छ । अब ती आयोजनाको विद्युत दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिने भएको छ ।

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करिब ६६ मेगावाट विद्युत र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङदी ७० मेगावाट तथा तल्लो मस्र्याङदी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङदी(मस्र्याङदी प्रसारणलाइन हुँदै काठमाडौं र चितवको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ ।

मध्य मस्र्याङदी-दमौली-मस्र्याङदी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भारतपुर तर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भ विक्रम शाहले बताए ।

उनले दमौली सबस्टेसनबाट दमौली- लेखनाथ र दमौली-भरतपुर प्रसारणलाइनमार्फत क्रमशः पोखरा र दमौली(भरतपुर तर्फ विद्युत् पठाउन सकिने बताए ।

यही आयोजना अन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२र३३ केभी सब स्टेसन केही दिनमै सञ्चालनमा उनले जानकारी दिए ।

‘मस्र्याङदी, दमौली र मध्य मस्र्याङदी सबस्टेसनमा वे पनि थपेका छौं, मध्य मस्र्याङदीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिने छ ।’

प्रतिक्रिया दिनुहोस्