समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, कसले के बोले ?

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद यशोदा गुरुङ सुवेदीले एनसेल कार्यालयअगाडिको विस्फोटबाट भएको क्षतिमा एनसेलपनि उत्तिकै जिम्मेवार रहेको बताइन् ।

यस्तै, सांसद भूमिराज त्रिपाठीले धार्के–सीतापाइला सडकको तत्काल स्तरोन्नति गर्न माग गरे ।

सांसद महेशजंग गहतराजले भेरी अञ्चल अस्पताल र सुशील कोइराला क्यान्सर अस्पतालमा उपकरणको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।

सांसद मायादेवी न्यौपानेले जेलमा रहेका कैदीबन्दीले तयार पारेका सामग्रीलाई उचित प्रबन्ध गर्न माग गरिन् ।

सांसद मोहन बानियाँले कर्णाली प्रदेशको सडक पूर्वाधारलाई प्राथमिकतामा राख्न माग गरे ।

बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पेस गरेका थिए भने सूचना प्रविधिसम्बन्धी विधेयकलाई दफावार छलफलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्