कुरुप बन्दै काठमाडौं, के गर्दै छ महानगरपालिका ? तस्विर सहित

काठमाडौं । काठमाडौं महानगनपालिकाको प्रमुखमा विजयी भए लगतै महानगरका प्रमुखले घाम झुल्कीन नपाउँदै फोहोर र धुलो देख्न पाउनु हुन्न भनि हआनगरबासीलाई दिएको अभिव्यक्ति जनता झुक्याउने खेल मात्र भएको छ । सार्वजनिक यातायातको अवस्था, सडकको गुणस्तर अनी अब्यवस्थित सवारी पार्किङ र अनगिन्ती सवारी जाम, अब्यबस्थित भवन निर्माण साथै सार्वजनिक ठाउ“मा देखिने फोहोर, पोलमा झुण्डीएको अव्यवस्थित तारले गर्दा काठमाडौंको सुन्दरता बिलिन हुन पुगेको भान हुन्छ ।
काठमाडौका शहर कुरुप बन्दै जानुको सबैभन्दा ठुलो कारक भनेको उपत्यकाको सडकमा गुड्ने २० बर्ष पुराना हजारौ साना ठुला सवारी साधन रहेको यातायात बिज्ञको भनाइ छ । अर्को अनाधीकृत रुपमा दर्ता भएका साना ठुला सवारी साधनहरु जथाभाबी थपिदै जानु अनी शहर सुहाउ“दो सार्वजनिक यातायात नहुनु, पोलमा झुण्डीनु जस्ता कुराहरुले पनि काठमाडौं कुरुप बन्दै गएको हो । तर चर्को कर शुल्क असुल्दै आएको महानगरपालिका सहरलाई व्यवस्थित बनाउनुको साटो कुरुप बनाउँदै गएको छ ।

jagarannews
jagarannews
jagarannews
jagarannews
jagarannews
jagarannews
jagarannews
jagarannews
jagarannews
jagaran news

तस्बिरः मनोज नेपाल

 

प्रतिक्रिया दिनुहोस्