एसएबी पब्लिक स्कुल घट्टेकुलोको सांस्कृतिक विविधता दिवस भब्यताका साथ सम्पन्न!( फोटोफिचरसहित)

पार्वती पाठक- काठमाडौं, फागुन १२ । एसएबी पब्लिक स्कुल घट्टेकुलो सांस्कृतिक विविधता दिवस २०७५ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

स्कुलको आयोजनामा भएको कार्यक्रम हिजो मात्रै विद्यालयको प्राङ्गणमा सम्पन भएको हो । बहुसांस्कृतिक मुलुक नेपालको सांस्कृतिक विविधतालाई प्रवद्धन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रम मिस नेपाल २०१८ की श्रृंखला खतिवडाको प्रमुख आतिथ्यमा भएको थियो ।साथै मिस नेपाल खतिवडालाई नगद र सम्मान पत्रले सम्मान गरिएको शिक्षीका दुर्गा दाहाल (पाण्डे) ले बताएकी छन् ।

हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको उनले बताईन्।

आधुनिक युवा पुस्ताहरूको संस्कृतिप्रति मोह बढीरहेको बेला एसएबी स्कुलले संस्कृतिको महत्त्व बुझाउन र त्यसतर्फ आकर्षित गर्नकै लागी उक्त कार्यक्रम गरिएको विद्यालयका संस्थापक अध्यक्ष लक्ष्य बहादुर केसीले बताए ।

यस्ता कार्यक्रलाई बचाई राख्न र जोगाई राख्नका लागी आफुहरुले सधैब लागी रहने विचार उनले राखेका थिए । पछिल्लो समय विभिन्न पोशाक तथा झाँकीहरू लोप हुने अवस्थामा समेत पुगेका छन् । अहिलेका युवामा आधुनिक संस्कृतिप्रति मोह बढ्रदै जान थालेको छ ।

कार्यक्रममा लोक गीत गायन प्रतियोगिता हुनुका साथै सांस्कृतिक पोशाक तथा झाँकीहरू पनि प्रसतुत गरीएका थिए ।

प्रतियोगिता प्रथम अभिषेक परियार भए भने ,द्धितीय शिलष्मी थपलिया,तृतीय आयुष्मा बाजुराली र सान्त्वना आगमन थापा र दीपा श्रेष्ठ भएका थिए ।

प्रतिक्रिया दिनुहोस्